बागमती प्रदेश
हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
सोमबार, १९ चैत २०८०, १६ : ५१

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सो पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।
यद्यपि सोही पार्टीकी अर्की सांसद सरिता खड्गी भने अनुपस्थित छिन् । उनी सुत्केरी बिदामा छिन् । केही दिनअघि हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई सघाउने गरी लिखित सहमति गरेको थियो । सहमति अनुसार बज्राचार्य मन्त्री बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी