दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता हो : जम्कट्टेल

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने आफूहरूको बाध्यता रहेको बताएका छन् । हेटौँडामा बसिरहेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै जम्कट्टेलले अहिलेको अवस्थामा एकै दलको सरकार बन्ने अवस्था नरहेकाले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।
‘प्रदेशसभाको बनावटले एउटै दलको बहुमत नरहेको अवस्थामा स्वाभाविक रूपमा दुई वा दुई दलबिच मिलेर सरकार बनाउनुपर्ने हाम्रो बाध्यता हो । यो बाध्यतालाई सहजरुपमा स्वीकार गर्दै सहजताका साथ सरकार अघि बढाऔँ’, उनले मत माग्दै भने । जम्कट्टेलले आफ्नो विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पनि सबै दललाई आग्रह गरे ।
प्रदेश सरकारलाई स्थायित्व दिने तथा प्रदेशवासीको चाहना र अपेक्षा अनुसार काम गर्ने कुरामा एकताबद्ध भएर अघि बढ्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय