धेरै समय बस्ने बालबालिकाको धमनीमा समस्या हुने

काठमाडौँ । हिजोआज बालबालिकाहरू खेलकुद र उफ्रिनमा भन्दा धेरै समयमा स्मार्टफोन र टिभीमा बिताउँछन् । उनीहरूले बसेर बिताउने समय निकै बढेको छ । एउटा नयाँ अध्ययनका अनुसार बाल्यकालमा धेरै समय बसेर बिताउँदा धमनी कडा हुने समस्या निम्तन्छ । धमनीहरू कडा भए भने रक्त सञ्चारमा समस्या हुनसक्छ ।
भविष्यमा यो मुटुको रोगको कारण बन्न सक्छ । तर साधारण खालको शारीरिक गतिविधिले यो खतरा कम गर्न मद्दत गर्न सकिन्छ । धमनीहरू कडा हुनु भनेको अकाल मृत्युको जोखिम बढ्नु हो । ११ देखि २४ वर्षका बालबालिकाहरू दैनिक ६ देखि ९ घण्टासम्म बसेर बिताउने गरेको अध्ययनले देखाएको छ । यसले मोटोपना देखिने, असामान्य स्तरमा बोसो जम्मा हुने, शरीर सुन्निने र मुटुको रोगलगायत समस्याहरूको जोखिम बढाउँछ ।
धमनीहरू कडा हुनु भनेको बाल्यकाल र किशोरावस्थामा मोटोपना देखिने, इन्सुलिन प्रतिरोधी हुने, उच्च रक्तचाप, मेटाबोलिक सिन्ड्रोम र मुटुसम्बन्धी रोग आदिका लागि नयाँ जोखिम कारक भएको शोधकर्ताहरूको भनाइ छ । उमेर बढ्दै जाँदा धमनीहरू स्वाभाविक रूपमा दह्रो हुँदै जान्छन् । यो प्राकृतिक नियम हो । तर बाल्यकालमा दिनहुँ लामो समय बसकै कारण धमनीहरूको बढी दह्रो हुनु प्राकृतिक रूपमा हुने दह्रोपन भन्दा बढी खतरनाक हुने र यसका कारण अकाल मृत्युको जोखिम ४७ प्रतिशतसम्म बढ्ने अध्ययनमा पाइएको छ ।
हल्का शारीरिक गतिविधिले दिन्छ राहत
दैनिक कम्तीमा ३ घण्टाको हलुका खालको शारीरिक गतिविधि गर्दा बाल्यकालमा लामो समयसम्म बस्दा धमनीहरू दह्रो हुने समस्या कम हुने अध्ययनमा पाइएको छ । बच्चाहरूलाई हरेक दिन कम्तीमा ३–४ घण्टा छिटो छिटो हिँड्ने, वा घरको काम गर्ने जस्ता हल्काफुल्का शारीरिक व्यायाम गर्न प्रोत्साहित गर्नुपर्ने शोधकर्ताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा