फागुनमा ६५ हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए

काठमाडौँ । फागुन महिनामा ६५ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार फागुनमा ६५ हजार ६५८ जना श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् ।
जसमा ५८ हजार ८९० जना पुरुष र ६ हजार ७६८ जना महिला रहेका छन् । ३९ हजार ९२० जनाले भने पहिलो पटक श्रम स्वीकृति लिएका छन् ।
३१ हजार ८९८ जनाले संस्थागत श्रम स्वीकृति (मेनपावरमार्फत) लिएर विदेश गएका छन् । सात हजार ४४७ जनाले व्यक्तिगत श्रम स्वीकृति, ५७५ जना जी–टु–जी मार्फत श्रम स्वीकृति लिएर विदेश गएका हुन् ।
एक महिनाको अवधिमा ८५ जना उच्च दक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ३४९ प्रोफेसलन, पाँच हजार १६० जना अर्धदक्ष जनशक्ति विदेश गएका छन् । त्यस्तै ४७ हजार ५७७ जना दक्ष र १२ हजार ४८७ जना अदक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएको विभागको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली