आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण

सोमबार, १९ चैत २०८०, १४ : ३७
सोमबार, १९ चैत २०८०

किभ । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले  दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौँ घरपरिवार विद्युतीविहीन भएका छन्  । 

पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको छ ।  अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो । यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राम मार्फत जारी उद्धार प्रयासलाई आह्वान गरेका छन् ।  

उत्तरपूर्वमा, गभर्नर ओलेह सिनिहुबोभले खार्किब क्षेत्रको पेट्रोल स्टेसनमा हवाई आक्रमण पछि एक व्यक्तिको मृत्यु भएकोमा शोक व्यक्त गरे । 

साथै, युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रुसी ड्रोनले गरेको क्षतिले कयौँ युक्रेनीलाई बिजुलीविहीन बनाएको छ ।  भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अल जजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको छ । 

युक्रेनको अग्रणी निजी विद्युत् प्रदायक कम्पनी डिटेकले सङ्कटको परिमाणलाई जोड दिँदै आक्रमण पछि एक लाख ७० हजार घरपरिवारले विद्युत् कटौतीको सामना गरेको बताए । 

युक्रेनी वायु सेनाले अराजकताको बीचमा रुसी आक्रमणलाई  रोक्दै रुसले प्रहार गरेका११ ड्रोनमध्ये नौ र १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको छ ।

यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो । युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रुसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्याएको छ । उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको छ ।

आक्रमणले भौतिक विनाश भन्दा पनि कमजोर समुदायको दुर्दशा झनै बढाइदिन्छ । लगभग १२ लाख व्यक्तिहरूले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन् ।  मार्च  २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन् ।  

निरन्तरको आक्रमण र बिनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशबासीसामु आग्रह गरे । सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समयमा कुनैपनि क्षण रुसी आतङ्कवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताए । -(रासस/एएनआई) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप