एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभा बैठक प्रभावित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभाको बैठक प्रभावित बनेको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर हेटौँडामै नगइदिएपछि बैठक प्रभावित भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अहिले साढे २ बजेसम्म बस्न सकेको छैन । केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै उनी बैठकमै नगएको बताइएको छ ।
बागमतीमा पार्टीकै नेतृत्वमा सरकार हुनुपर्ने पक्षमा रहेकी उनले त्यो नहुने अवस्था हो भने आफूलाई मन्त्री बनाइनुपर्ने माग गरेकी छन् । सोही माग राखेर उनी बैठकमै नगइदिएपछि समस्या भएको सत्ता गठबन्धनका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
अहिले उनलाई मन्त्री बनाउने आश्वासन दिएर हेटौँडा बोलाइएको छ । एकीकृत समाजवादीका नेताहरुका साथै गठबन्धनका नेताहरुले आवश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा जाँदै गरेको र उनलाई पर्खिनु परेकै कारण बैठक अहिलेसम्म बस्न नसकेको ती सदस्यको भनाइ छ । आलेले भोट नदिएको अवस्थामा गठबन्धनको पक्षमा बहुमत नपुग्ने अवस्था छ ।
यता प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने दलहरूको आवश्यक तयारी पुरा नभएकाले बैठक समयमा बस्न नसकेको दाबी गरे । उनले दलहरु बैठकमै रहेको र आवश्यक तयारी पुरा हुनासाथ प्रदेशसभा सुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय सोमबार सार्वजनिक गर्ने