साओमीको विद्युतीय कार किन्न चाहनेले ६ महिना कुर्नुपर्ने
साङ्घाई । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले हालै मात्रै आफ्नो विद्युतीय कार (ईभी) लञ्च गरेको छ । कम्पनीको पहिलो विद्युतीय कार चढ्न ग्राहकहरूलाई हतारो छ । तर कम्पनीले कार क्रेताहरूलाई डेलिभरीका लागि ६ महिनासम्म कुर्न भनेको छ ।
बीबीसीका अनुसार एसयू– ७ म्याक्स डेलिभर हुन २७ हप्तासम्म लाग्न सक्ने कम्पनीले क्रेताहरूलाई बताएको छ । यो खबर चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कम्पनीले बिहीबार कारको प्रि–अर्डर सुरु गरेको २४ घण्टामै ८८ हजार ८९८ ओटा अर्डर आएको थियो । साओमी विश्वको तेस्रो ठुलो स्मार्टफोन बिक्रेता कम्पनी हो ।
विश्वको स्मार्टफोन बजारको १२ प्रतिशत हिस्सा यसको पोल्टामा छ । अब कम्पनीले टेस्ला बीवाई जस्ता दिग्गज कम्पनीलाई टक्कर दिन ईभी उत्पादनमा हात हालेको छ । साओमीको एसयू–७ को सुरुवाती मूल्य २ लाख १५ हजार ९ सय युआन रहेको छ भने म्याक्स भर्जनको मूल्य २ लाख ९९ हजार ९०० युआन छ । चीनमा टेस्लाले मोडल थ्री २ लाख ४५ हजार ९०० युआनमा बेचिरहेको छ ।
हेर्दा पोर्शको तेक्यान र पामामेरा मोडल जस्तै देखिने एसयू ७ एक पटक चार्ज गर्दा ७०० किमीसम्म गुड्छ । मोडल थ्रीको रेन्ज ५६७ केमी मात्रै छ । विश्वभरी विद्युतीय सवारी साधनको बिक्री घटेर कम्पनीहरूबिच मूल्य घटाउने होडबाजी चलिरहेकै समयमा साओमी ईभी उद्योगमा छिरेको छ । साओमीले १० वर्षमा ईभी व्यवसायमा १० अर्ब डलर लगानी गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको खुलासा
-
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
-
बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने, कसरी होला बजेट व्यवस्थापन ?
-
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
-
सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
-
वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा ह्रास