प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा राखेपको ६० औँ वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औँ वार्षिकोत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुने भएको छ । प्रधानमन्त्री राखेपका संरक्षक पनि हुन् ।
राखेपले आफ्नो ६० औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ ।
सिनियर र जुनियर समान दुई–दुई गरी चार खेलाडी, आठ कर्मचारी (दुई करार कर्मचारीसहित), एक पारा खेलाडी र दुईजना खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने छ ।
यसैगरी खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान एक–एक स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिने छ । सदस्य सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएपछि वार्षिकोत्सवमा यो नयाँ विधाको अवार्ड थप गरिएको थियो ।
खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानीय तह अवार्ड ५९ औँ संस्करणदेखि थपिएको हो । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुति रहने बताइएको छ ।
कार्यक्रम अपरान्ह ३ः ३० बजेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?