बीआरआई कार्यान्वयनमा कुनै समस्या छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका हुन् ।
‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।
यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने बताए । चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने उनले बताए ।
नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो ।
साथै उनले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको जिकिर गरे ।
यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको उनले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।
नेपालमा हुन लागिएको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भित्र्याउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनामा रहेका ४ भुटानीलाई देश निकाला नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव
-
एमाले कार्यालय अगाडिका अवैध संरचनामा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरहरू)