१२ औँ उपाधितर्फ लम्कँदै पीएसजी
काठमाडौँ । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा महत्त्वपूर्ण जित हात पार्दै उपाधि चुम्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले आइतबार राति खेलिएको खेलमा मार्सेलीलाई २–० गोलले हराएको हो ।
जितसँगै पीएसजीले आफ्नो निकट्तम प्रतिद्वन्द्वी ब्रेष्टसँग १२ अंकको अग्रता हासिल गरेको छ । जारी सिजनको लिगमा अब अधिकांश टोलीले सात–सात खेल खेल्नमात्र बाँकी छ । मार्सेलीविरुद्धको खेलमा पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
खेल सुरु भएको ४० औँ मिनेटमा भ्रमणकारी टोली पीएसजीका लुकास बेराल्डो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । पीएसजीले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा भितिन्हाले पीएसजीका लागि पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलको ८५औँ मिनेटमा गोनकालो रामोसले टोलीको अग्रता दोब्बर बनाएका थिए । उनी परिवर्तित खेलाडीको रुपमा मैदानभित्र प्रवेश गरेका थिए । पीएसजीसँग पराजित भएपछि मार्सेलीको अपराजित यात्रा पनि १९औँ खेलमा आएर टुंगिएको छ ।
हालसम्म २७ खेल खेलेको पीएसजी ६२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान खेलबाट ५० अंक बटुलेको ब्रेष्ट दोस्रो स्थानमा छ । मार्सेली भने २७ खेलबाट ३९ अंक बटुल्दै तालिकाको सातौँ स्थानमा छ ।
पीएसजीसबैभन्दा बढी फ्रेन्च लिगको उपाधि जित्ने क्लब हो । पीएसजीले हालसम्म ११ पटक फ्रेन्च लिगको उपाधि चुमेको छ । पीएसजी नौ पटक उपबिजेता पनि बनेको छ । सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा मार्सेली दोस्रो स्थानमा छ । मार्सेलीले १० पटक उपाधि चुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै