धोनीले एक हातले प्रहार गरेको छक्कादेखि पाथिरानाले एक हातले लिएको क्याचसम्मको चर्चा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार राति दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबिच खेल भएको थियो । उक्त खेलमा दिल्लीले साविक विजेता चेन्नईमाथि २० रनको रोमाञ्चक जित हासिल गर्यो ।
त्यो खेलका क्रममा एकपछि अर्को रोचक घटना भएका थिए । खेलका क्रममा चेन्नईका बलर माथिसा पाथिरानाले लिएको एउटा फ्लाइङ क्याच निकै चर्चित बन्यो । तीव्र गतिका बलर पाथिरानाले उक्त फ्लाइङ क्याच एक हातले लिएका थिए ।
दिल्लीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको थियो । १० औँ ओभर बलिङ गर्न चेन्नईका मुस्तफिजुर रहमान आएका थिए । मुस्तफिजुर रहमानले फालेको १० औँ ओभरको तेस्रो बलमा दिल्लीका ब्याट्सम्यान डेभिड वार्नरले बाउन्ड्री प्रहार गर्ने प्रयास गरेका थिए ।
त्यसतिबेला ओपनर ब्याट्सम्यान वार्नर ३४ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा थिए । वार्नरले प्रहार गरेको बललाई त्यतिबेला थर्ड म्यानमा फिल्डिङ गरिरहेका पाथिरानाले आफ्नो दायाँतर्फ हावामा डाइभ गर्दै एक हाथले उत्कृष्ट क्याच लिएका थिए ।
पाथिरानाले त्यो उत्कृष्ट क्याच लिएपछि वार्नर पेभेलियन फर्किएका थिए । त्यसअघि वार्नर पृथ्वी शाबिच ९३ रनको साझेदारी भइसकेको थियो । पाथिरानाको त्यो क्याचको धेरैले प्रसंशा गरेका छन् । अहिले समाचार र सामाजिक सञ्चालमा पनि त्यो क्याचले निकै चर्चा बटुलिरहेको छ ।
यसैगरी खेलका क्रममा दिल्लीका कप्तान ऋषभ पन्त पनि चर्चाको विषय बने । खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएका थिए । तर, १४ औँ ओभरको खेलका क्रममा बाउन्ड्री प्रहार गर्ने प्रयासमा ऋषभ पन्तको हातबाट ब्याट फुत्किएर टाढा पुगेको थियो ।
चेन्नईका बलर दीपक चाहरले १४ औँ ओभरको पाँचौँ बल अफ स्टम्पभन्दा केही बाहिर फालेका थिए । त्यो बलमा बाउन्ड्री प्रहार गर्ने क्रममा ऋषभको हातबाट ब्याट छुटेर निकै टाढा उछिट्टिएको थियो । हातबाट ब्याट छुटे पनि ऋषभले ब्याट बिना नै दौडिएर एक रन लिएका थिए ।
यसैगरी खेलका क्रममा चेन्नईका प्रभावशाली खेलाडी महेन्द्रसिंह धोनी पनि चर्चाको विषय बने । खेलका क्रममा धोनीले एक हातले प्रहार गरेको छक्का चर्चित बनेको थियो । २०औँ ओभर फाल्न दिल्लीका बलर एनरिच नोर्जे आएका थिए ।
नोर्जेले फालेको अघिल्लो बलमा धोनीले चौका प्रहार गरेका थिए । त्यसपछि नोर्जेले अर्को बल ‘फूल टस’ फालेका थिए । त्यो बलमा धोनीले मिड–विकेटतर्फ एक हातले छक्का प्रहार गरेका थिए । त्यो ओभरमा धोनीले २० रन बनाएका थिए । उक्त खेलमा धोनीले १६ बलमा अविजित ३७ रन बनाएका थिए । यद्दपि, उनको टोली खेलमा पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’