दबंग ४ कहिले आउँछ ? यसो भन्छन् सलमान

मुम्बई । सलमान खानले हालै फिल्म दबंग ४ को बारेमा जानकारी दिएका छन् । उनले आफू र अरबाज खानबिच कथामा सहमति भएपछि फिल्मको छायाङ्कन गरिने बताए । हाल कथाहरूमा दुवैको विचार नमिलेको उनको भनाई छ।
दबंग सिरिजको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो । दुई वर्षपछि सन् २०१२ मा फिल्म दबंग २ को दोस्रो भाग रिलिज भएको थियो ।
त्यसपछि ७ वर्षको लामो अन्तरालमा दबंग ३ सिरिजको तेस्रो भाग रिलिज भएको थियो । यी तीनै भागमा सलमान खान, सोनाक्षी सिन्हा र अरबाज खान देखिएका थिए । सोनाक्षीले फिल्ममा सलमानकी पत्नीको भूमिका निभाएकी छिन् । जहाँ अरबाज आफ्नो भाइको भूमिकामा देखिएका थिए ।
रविना टण्डनको फिल्म पटना शुक्लाको स्क्रिनिङका क्रममा सलमान खानलाई दबंग ४ को बारेमा सोधिएको थियो । यसमा सलमानले भने, ‘जब हामी दुबै भाइले (सलमान र अरबाज) एउटै स्क्रिप्ट लक गर्छौं, तब फिल्म आउँछ । अहिले भने अरबाजलाई केही अर्को बनाउनु छ, मलाई अरू केही गर्नुछ ।’
पिंकभिलाका अनुसार तिग्मांशु धुलियाले सलमानको फिल्म दबंग ४ को स्क्रिप्टमा काम गरिरहेका छन् । तिग्मांशु एक वर्षभन्दा बढी समयदेखि दबंग ४ को स्क्रिप्टमा काम गरिरहेका हुन् । यसपटक सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिकामा नयाँपन चाहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी
-
लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने
-
चलचित्र ‘मैना’ निर्माणको घोषणा
-
अतिरिक्त भन्सार महसुलबारे अमेरिकाले चीनलाई के भन्यो ?
-
शिक्षकहरूले आन्दोलन नरोकेपछि के भनिन् शिक्षामन्त्रीले ?