सिटी र आर्सनल रोकिँदा लिभरपुललाई फाइदा
सोमबार, १९ चैत २०८०, ०६ : ३५

लण्डन । उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेपछि अर्को प्रतिस्पर्धी टोली लिभरपुललाई फाइदा पुगेको छ । आइतबारको नतिजापछि आर्सनल र सिटीलाई उछिन्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको हो ।
यसअघि ब्राइटनविरुद्ध पुनरागमन गर्दै लिभरपुलले २–१ को जित हासिल गरेको थियो । ड्यानी वेलब्याकले खेलको दोस्रो मिनेटमा नै ब्राइटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । ६५ औँ मिनेटमा मोहम्मद शालाहले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे ।
२९ खेलपछि लिभरपुलको ६७ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ६५ अङ्क छ भने सिटी ६४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने