अनलक्की भनेर चर्चा नगर्दिनुस् : नीति शाह

काठमाडौँ । मोडल नीति शाहले अन्ततः फिल्म अभिनयमा डेब्यु गरेकी छन् । फिल्म ‘खजुरे ब्रो’ले उनलाई अभिनयमा डेब्यु गराएको हो । फिल्म आगामी वैशाख २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
‘खजुरे ब्रो’ अगाडि उनले केही फिल्म साइन गरेकी थिइन् । तर फिल्म बनेन । उनले साइन गरेको फिल्म बन्न नसकेपछि उनलाई अनलक्की भनेर चर्चा गरियो । सोही दुखेसो उनले आइतबार आयोजित एक कार्यक्रममा पोखेकी छन् ।
फिल्म ‘खजुरे ब्रो’ को एक गीत सार्वजनिक कार्यक्रममा मिडियादेखि सामाजिक सञ्जालसम्म अनलक्की भनेर चर्चा हुँदा निराश र हतोत्साही भएको उनले सुनाइन् । निकै भावुक हुँदै कार्यक्रममा बोलेकी नीतिले यस्तो समाचारमा जोड नदिन अनुरोध गरिन् ।
‘म अलिकति निराश पनि भएकी थिएँ । ‘रावायण’ पनि फिल्म बनेन । न्युजमा पनि मैले फिल्म साइन गरेँ कि ब्याड लक भन्ने कुरा आयो’, उनले भनिन् ‘म भावुक भएकी छु, अलिकति हतोत्साही पनि भएकी थिएँ ।’
‘पहिलो फिल्म नै रिलिज भएको छैन । तर १० वटा फिल्म साइन गरिन् भनेर लिस्ट आइसक्यो’, उनले थपिन् ,‘पहिलो फिल्म रिलिज होस् । एक्टिङ राम्रो होस् । राम्रो फिडब्याक आओस् । मलाई स्टेप बाई स्टेप जान मन छ ।’ मिडियाको समाचारबाट आफूलाई दबाब समेत महसुस भएको उनको भनाइ थियो ।
नीति २०१७ की नेपाल इन्टरनेसनल हुन् । ‘खजुरे ब्रो’ फिल्म पहिलो भए पनि उनले मोडलिङ र विज्ञापन चलचित्र भने थुप्रै अभिनय गरेकी छन् । ‘खजुरे ब्रो’ ले फिल्म क्षेत्रमा आफूलाई स्थापित गर्ने उनको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारु स्थिर विनिमय दर तत्काल हटाउँदा नेपालले उल्टै ठूलो नोक्शानी व्यहोर्नुपर्ने
-
तीन दिन वर्षा हुने, बाली अहिले नकाट्न सुझाव
-
गर्मीमा बढ्यो खरबुजाको माग
-
कक्षा १२ को परीक्षा एक हप्ता पछि गर्दा आकाश खस्दैन : अध्यक्ष सुवेदी
-
प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने
-
राजतन्त्र ब्युँताउनु दिवास्वप्न : उपेन्द्र यादव