सत्ता गठबन्धन उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न सकारात्मक छः महेश बर्तौला

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटिनसकेको बताए । उनले सत्तारुढ दलहरूको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताए । बर्तौलाले नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताए ।
उनले भने, ‘सत्ता गठबन्धनको आजको बैठक सामान्यतया आगामी उपनिर्वाचनको बारेमा त्यसलाई सहज ढंगले कसरी अघि बढाउने ? दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भयो । त्यसपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ । सरकारलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गबाट अघि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भयो । नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था छ ।’
उनले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नागरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वसन्त’ को प्रचारमा किन लुकाइयो राजेश, करिश्मा लगायतका चर्चित कलाकार ?
-
सिनामंगलबाट लाखौँको धनमाल चोरी
-
वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गरिनुपर्छ : उपेन्द्र यादव
-
महिला संघमा चर्कियो विवादः माग पूरा नभए राजीनामा दिने २० केन्द्रीय सदस्यको चेतावनी
-
तयारी प्रभावकारी भयो, हङकङमा राम्रो क्रिकेट खेल्छौँ : रोहित
-
रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु