अमेरिकी कङ्ग्रेसका कर्मचारीलाई माइक्रोसफ्टको एआई चलाउन रोक

वाशिङ्टन डीसी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले आफ्ना कर्मचारीहरूलाई घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कोपाइलट जेनरेटिभ एआई असिस्टेन्ट एक्सिओस् प्रयोगमा रोक लगाएको छ ।
माइक्रोसफ्टको कोपाइलट एप प्रयोगकर्ताको लागि जोखिमपूर्ण भएको अनि यस सदनले अनुमति नदिएको क्लाउड सेवाहरूमा सदनको गोप्य डेटा चुहिने खतरा भएको अफिस अफ साइबर सेक्युरिटीले ठहर गरेको बताइएको छ ।
सरकारी प्रयोगकर्ताहरूको डेटा सुरक्षाको आवश्यकता झनै धेरै भएकोले कम्पनीले कोपाइलट जस्ता एआई टूलका लागि रोडम्याप घोषणा गरेको माइक्रोसफ्टका एक प्रवक्ताले बताएका छन् ।
यो रोडम्याप ल्याएपछि को पाइलटले संघीय सरकारको सुरक्षा र अनुपालनाको मापदण्डहरू पूरा गर्ने उनको भनाई छ । संघीय निकायहरूमा कृत्रिम बौद्धिकता अपनाउँदा हुन सक्ने जोखिमबारे नीति निर्माताहरूले अध्ययन गरिरहेका छन् ।