नेपाली बलरको उत्कृष्ट प्रदर्शन, गुजरातलाई हराउन ९९ रन बनाउनुपर्ने

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो ।
गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४ औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए ।
नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । उनले ३.२ ओभरमा २२ रन खर्चिए । सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए ।
छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे ।
अभिषेक देसाईले ११ रन बनाए । समित पटेलले १० रन बटुले । गुजरातले अतिरिक्त रुपमा केवल दुई रन पायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको मूल्य निर्धारण : गत वर्षभन्दा एक सय रुपैयाँले बढ्यो
-
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर