दिनमा कति पाइला हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक ?

काठमाडौँ । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हिँड्नु सबैभन्दा सजिलो व्यायाम हो जसलाई मानिसहरू आफ्नो दिनचर्यामा समावेश गर्न सक्छन् । यसका लागि विशेष उपकरणको पनि आवश्यकता पर्दैन ।
हिँड्दा तपाईंको मुटु स्वस्थ रहन्छ, वजन नियन्त्रणमा रहन्छ साथै तपाईंको हड्डी पनि मजबूत हुन्छ । हरेक दिन १५ हजार कदम हिँड्नु एउटा फाइदाजनक लक्ष्य हुनसक्छ ।
मुटुको स्वास्थ्य राम्रो : हरेक दिन हिँड्दा तपाईं मुटु बलियो हुन्छ, रक्तचाप नियन्त्रणमा रहन्छ भने रक्त सञ्चार पनि राम्रो हुन्छ । यसले मुटुको रोग र स्ट्रोकको खतरा कम हुन्छ ।
तौल कम हुन्छ : हिँड्दा क्यारोली बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । यसरी मोटोपनबाट जोडिएका डायबिटिजजस्ता रोगहरूबाट बच्न सकिन्छ ।
श्वास लिने क्षमता बलियो : नियमित रूपमा हिँड्दा तपाईंको फोक्सो पनि स्वस्थ रहन्छ र यसको कार्यक्षमता राम्रो हुन्छ । यसले तपाईंलाई लामो उमेरसम्म स्वस्थ रहन मद्दत गर्छ ।
हड्डी र मांसपेशी बलियो : हिँड्नु यस्तो व्यायाम हो जसमा तपाईंले शरीरको भार उठाउनुपर्छ । यसले हड्डीको घनत्व र मांसपेशीको बलियोपन कायम रहन्छ । यसबाट बुढो उमेरमा हड्डी कमजोर हुने खतरा कम रहन्छ ।
मानसिक स्वास्थ्य राम्रो : व्यायाम गर्दा एन्डोर्फिन नामक रासयन निस्कन्छ । यसले तनाव र डिप्रेसनलाई कम गर्छ । नियमित रूपमा हिँड्दा मस्तिष्क तिखो हुन्छ र डिमेन्सियाको खतरा कम हुन्छ ।
ऊर्जाको स्तर बढ्छ : हिँड्दा शरीरामा रक्तसञ्चार र अक्सिजनको प्रवाह राम्रो हुन्छ । यसले तपाईंको शरीरमा ऊर्जाको स्तर बढ्छ र तपाई) चुस्त र दुरुस्त महसुस गर्नुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि : हरेक दिन हल्का व्यायायामले रोग प्रतिरोधात्मक क्षमतामामा वृद्धि हुन्छ ।
दीर्घकालीन बिरामीको खतरा कम : नियमितरुपमा हिँड्दा टाइफ २ डायबिटिज र मेटाबोलिक सिन्ड्रोमजस्ता दीर्घकालीन बिरामीहरुसँग खतरा कम हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु