अब लिंक्डइनमा पनि सर्ट भिडियो
![अब लिंक्डइनमा पनि सर्ट भिडियो](https://npcdn.ratopati.com/media/news/capture_bijNopeLJE.png)
काठमाडौँ । पछिल्लो समय सर्ट भिडियोको माग बढेको छ । फेसबुक, इन्टाग्राम होस् वा युट्युब सबैमा सर्ट भिडियो निकै हेरिन्छ । अब इन्स्टाग्राम र फेसबुकमा जस्तै लिंक्डइनमा पनि छोटो भिडियोहरू हेर्न पाइने भएको छ ।
टेकक्रञ्चले छापेको खबर अनुसार कम्पनीले छोटो भिडियो ढाँचाहरूको परीक्षण गरिरहेको छ । परीक्षण पछि प्रयोगकर्ताका फिडमा छोटो भिडियोहरू देखिने छन् ।
अहिलेसम्म लिंक्डइनमा ल्यान्डस्केप स्टाइलमा भिडियोहरू मात्रै देखाइन्थ्यो । अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा सर्ट भिडियोको सफलतापछि कम्पनीले यस्ता भिडियोहरू ल्याउने विचार गरिरहेको छ । नयाँ अपडेट पछि लिंक्डइनमा छोटो भिडियोहरूको लागि छुट्टै ट्याब देखिनेछ । अहिले बिटा प्रयोगकर्ताहरूले मात्र यो फिचर चलाइरहेका छन् ।
लंक्डइनले भिडियो गेम ल्याउने योजना पनि बनाइरहेको भन्दै केही अघि समाचार आएको थियो । समाचारका अनुसार लिंक्डइन प्रयोगकर्ताहरूले अनलाइन गेम खेल्ने विकल्प पनि पाउनेछन् । खेलको नाम क्वीन्स, इन्फरेन्स र क्रसक्लाइम्ब भएको बताइएको छ । लिंक्डइनका प्रवक्ताले पनि गेमको सुविधा ल्याउन लागिएको पुष्टि गरेका थिए । तर यो फिचर कहिले लन्च हुन्छ भनेर चाहिँ उनले कुनै जानकारी दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?
-
अवकाशको मुखमा जिल्ला न्यायाधीशले हतार–हतार बलात्कारीलाई दिए उन्मुक्ति