बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छ: सांसद सुवेदी

आइतबार, १८ चैत २०८०, १५ : १२
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताए । उनले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताए । उनले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गरे । उनले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताए ।

उनले भने, ‘भौतिक विकास पछिल्लो चरणमा आएर केही भएको छ । तर त्यो विकासले मान्छे खुसी हुनुपर्‍यो नि । मानवीय विकासमा लगानी गर्नुपर्‍यो । हामीले छलफल गर्दा पनि त्यसमा छलफल गर्नुपर्छ । योजना आयोगका सदस्यहरूलाई हामीले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास केही हुनसक्छ, तर मानवीय विकासको पाटो हेर्ने हो भने असाध्यै कमजोर देखिन्छ । मान्छेमा निराशा आउनुको कारण त्यही हो । उद्योगधन्दा छैन, केही छैन, मानिसले रोजगारी पाएको छैन, जनता सबैसँग रिसाएको छ । विकासको बारेमा हामीले छलफल गरेर नयाँ ढंगबाट परिभाषित गरेर जानुपर्छ ।’

सांसद सुवेदीले उद्योगधन्दाहरू सञ्चालन गराउनुपर्ने र रोजगारकाे सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै अन्य सांसदहरूले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल सुरु गर्नुपर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप