१ खर्ब डलर खर्चेर एआई डेटा सेन्टर बनाउँदै छन् माइक्रोसफ्ट र ओपनएआई
![१ खर्ब डलर खर्चेर एआई डेटा सेन्टर बनाउँदै छन् माइक्रोसफ्ट र ओपनएआई](https://npcdn.ratopati.com/media/news/capture_shMQ9IQ1mp.png)
क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट र च्याटजीपीटीको निर्माता ओपनएआईले कृत्रिम बौद्धिकता एआईको लागि डेटा सेन्टर बनाउने काम गरिरहेका छन् । १ खर्ब डलर लगानी गरेर दुई कम्पनीले सो डेटा सेन्टर खोल्न लागेको हुन् । यो पैसामा स्टारगेट नामक एआई सुपर कम्प्युटरलगायत केही सुपर कम्प्युटर पनि बन्नेछ ।
डेटा सेन्टर सन् २०२८ सम्ममा लन्च हुने भन्दै द इन्फर्मेशनले समाचार छापेको छ । रोयटर्सले यसबारे सोधपुछ गर्दा कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ । एआई प्रविधिको प्रयोग बढेसँगै एआई डेटा सेन्टरको माग बढेको छ । एआई डेटा सेन्टर बनाउन अहिलेको सबैभन्दा ठुलो डेटा सेन्टर बनाउन भन्दा सय गुणा बढी खर्च लाग्ने बताइएको छ ।
आगामी ६ वर्षभित्र कम्पनीले ठुला ठुला सुपर कम्प्युटरहरू बनाउन लागेको छ । स्टारगेट अमेरिकाको सबैभन्दा ठुलो सुपर कम्प्युटर हुने समाचारमा भनिएको छ । प्रारम्भिक अनुमानअनुसार यो डेटा सेन्टर बनाउन १ खर्ब डलर खर्च लाग्नेछ । सुपर कम्प्युटरहरूलाई पाँच चरणमा विस्तार गरिनेछ । पाँचौँ चरणको सुपर कम्प्युटर भने स्टारगेट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’
-
१० बजे १० समाचार : बेलुन पड्किँदा मन्त्री र मेयर घाइतेदेखि सत्तारुढ दलमा सहमितसम्म
-
लेबनानमा आक्रमणमा परेका ढकालले भने– म ठीक छु, आजै नेपाल फर्किँदैछु
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु