आगामी हप्तादेखि एक्समा ग्रोक–१.५ च्याटबोट उपलब्ध हुने

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्टार्ट अप कम्पनी एक्सएआईको पछिल्लो च्याटबोट ग्रोक–१.५ आगामी हप्तादेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । माइक्रो ब्लगिङ वेबसाइट एक्समा आगामी हप्तादेखि च्याटबोट उपलब्ध हुने मस्कले शुक्रबार एक्समा एउटा पोष्ट गर्दै भनेका हुन् । ग्रोक–१.५ च्याटबोट ग्रोकको परिष्कृत संस्करण हो ।
एक्सएआईले जारी गरेको विज्ञप्तिका अनुसार ग्रोकका विद्यमान प्रयोगकर्ता र टेष्टरहरूमाझ यसलाई सुरुमा उपलब्ध गराइनेछ । एआईलाई मनव जगतको हितमा प्रयोग गर्ने च्याट जीपीटीको मिसन थियो । तर यो मिसन त्यागेर मुनाफा कमाउनतिर लागेको भन्दै यो महिनाको सुरुमा मस्कले ओपनएआईमाथि मुद्दा दायर गरेका थिए ।
यसपछि मस्कले एक्सएआईले ग्रोकलाई ओपन सोर्स गर्ने बताएका थिए । ओपनएआई मस्कले स्थापना गरेको कम्पनीको हो । च्याटजीपीटीबाट बाहिरिएपछि अल्फाबेटको गुगल र ओपनएआईसँग प्रतिस्पर्धा गर्न उनले गएको वर्ष एक्सएआई लन्च गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा