हाइड्रोजनको ‘इकोसिस्टम’ बनाउँदै केयू, सञ्चालनमा ल्यायो ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) ले ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’ सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयले आजदेखि हाइड्रोजनबाट चल्ने सवारीमा इन्धन भर्नका लागि ‘रिफ्यूलिङ सेन्टर’ सञ्चालनमा ल्याएको हो ।
केयूले नेपालमा हाइड्रोजनको उत्पादन सम्भाव्यता र हाइड्रोजनबाट चल्ने सवारीको परीक्षण गरिरहेको छ । विश्वविद्यालयले यसअघि नै ५ किलोवाट क्षमताको हाइड्रोजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइरहेको छ । र, यो केन्द्रबाट दैनिक १ देखि २ किलोग्राम हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।
‘आजदेखि सञ्चालनमा आएको ‘हाइड्रोजन रिफ्यूलिङ सेन्टर’ हाइड्रोजनबाट चल्ने सवारीको परीक्षणका लागि हो,’ विश्वविद्यालयका हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापाले भने । विश्वविद्यालयले कोरियाबाट हाइड्रोजनबाट चल्ने सवारी ल्याएर परीक्षण गरिरहेको छ ।
कोरियाकै कम्पनीसँगको सहकार्यमा केयू परिसर भित्रै हाइड्रोजनबाट चल्ने सवारीको परीक्षणका लागि र यसको इकोसिस्टम बनाउने प्रक्रिया बुझ्नका लागि ‘रिफ्यूलिङ सेन्टर’ स्थापना भएको हो । यससँगै केयूले हाइड्रोजनको उत्पादनदेखि ‘रिफ्यूलिङ सिस्टम’ समेत निर्माण गरेको छ । यसबाट हाइड्रोजनबाट चल्ने सवारीको ‘इकोसिस्टम’ नै बन्छ ।
केयूले पछिल्लो समय निरन्तर रुपमा नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन र यसको व्यावसायिक प्रयोजनका बारेमा सोध गर्दै आइरहेको छ । निरन्तररुपमा हाइड्रोजन उत्पादन र यसको प्रयोगका लागि चाहिने पूर्वाधार निर्माण गर्ने प्रक्रियाबारे समेत अध्ययन भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
-
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना नियन्त्रणमा
-
किन र कसरी मनाइन्छ नेवाः दिवस ?
-
आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि प्रदेश मन्त्री चौधरीले दिए राजीनामा
-
खोटाङमा दश स्थानीय तहका २० वडा डढेलोको जोखिममा
-
सिराहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा