बिट्क्वाइनको मूल्य डेढ लाख डलर पुग्ने अनुमान
![बिट्क्वाइनको मूल्य डेढ लाख डलर पुग्ने अनुमान](https://npcdn.ratopati.com/media/news/bitcoin2_ex4bERlFpc.jpg)
क्यालिफोर्निया । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ यो वर्ष सुरु भएयता नै बढिरहेको छ । क्वाइनडेस्कमा बिट्क्वाइनको भाउ आइतबार बिहान ११ः ४५ बजेतिर प्रतिगोटा ७० हजार ३४२ डलर ४४ सेन्ट कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ४ प्रतिशत बढी हो । यसैबिच एक जना हेज फन्ड म्यानेजरले यो वर्ष बिट्क्वाइनको भाउ दोब्बरभन्दा माथि पुग्ने बताएका छन् ।
सीएनबीसीको फाष्ट मनीसँगको कुराकानीमा मोर्गन क्रिक क्यापिटल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकारी (सीईओ) तथा मुख्य लगानी अधिकारी मार्क युस्कोले सन् २०२४ मा बिट्क्वाइनको भाउ १ लाख ५० हजार डलरमा पुग्ने प्रक्षेपण गरेका छन् । लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोको १ देखि ३ प्रतिशत बिट्क्वाइनमा लगानी गर्ने पनि उनले बताए । युस्कोले बिट्क्वाइनलाई लगानीको ‘राजा’ भनेका छन् ।
बिहीबार शेयर बजार बन्द हुँदा एक वर्ष अघिको तुलनामा बिट्क्वाइनको भाउ १५९ प्रतिशत माथि थियो । मार्चको शुरुमा यो ७३ हजार डलरको कीर्तिमानी बिन्दुसम्म पुगेको थियो । त्यसयता बिट्क्वाइन ७० हजार डलर आसपास किनबेच भइरहेको छ । आगामी एक दशकभित्र बिट्क्वाइनको भाउ १० गुणासम्म बढ्न सक्ने युस्को भन्छन् । पछिल्लो समय बिट्क्वाइनको भाउ बढ्नुको कारण उनले जनवरीमा बिट्क्वाइन एक्सचेन्ज ट्रेडेड फनडको स्थापना हुनु बताए ।
भाउ यो वर्ष सुरु भएयता नै बढिरहेको छ । क्वाइनडेस्कमा बिट्क्वाइनको भाउ आइतबार बिहान ११ः४५ बजेतिर प्रतिगोट ७० हजार ३४२ डलर ४४ सेन्ट कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ४ प्रतिशत बढी हो । यसैबिच एक जना हेज फन्ड म्यानेजरले यो वर्ष बिट्क्वाइनको भाउ दोब्बरभन्दा माथि पुग्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
-
नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?