तोयम रायालाई महालेखा परीक्षकमा नियुक्त गर्ने तयारी

काठमाडौं । सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्ने तयारी गरेको छ ।
महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल गर्न अहिले संवैधानिक परिषद्को बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका छन् ।
परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।
लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदादेखि नै महालेखापरीक्षकमा अडान लिँदै आएका थिए ।
महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो । दुबै जना ओलीनिकट हुन् । बैठकले निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त व्यवस्थापन आयोगमा समेत एक–एक सदस्य नियुक्त गर्ने जनाइएको छ । –न्युज बैंक नेपालबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण