इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे (तस्बिरहरु)
![इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/1711859552275_J933QdQULH.jpg)
काठमाडौँ । विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज एक र्यालीको आयोजना गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको छ ।
इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन् जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
कुम्भ मेलास्थलमा भिषण आगलागी
-
यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ : ज्ञवाली
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री