प्रसारण लाइन बिस्तारका क्रममा काटिएका लाखौँको काठ कुहिने अवस्थामा

मुक्ति तिवारी/नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट स्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सब डिभिजन (वन) कार्यालय परिसरमा थुपारिएका झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ । समयमै लिलामी नहुँदा बर्दघाट सर्दि १ सय ३२ केभी प्रसारण लाइन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो ।
७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्ष देखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिए पनि अझै लिलामी भएको छैन । सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरूले ढिलाइ गर्दा समस्या भएको बताए ।
घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाइ भएको यादवको भनाई छ ।
‘ठेकेदारले केहि काठ ल्याएर घाटगद्धि गर्यो, अन्तिममा ३ सय रुख काट्न बाँकी छ भनिए पनि ती रुख नकाटिएका कारण पनि एकिन नाप जाँचमा ढिलाइ भएको हो, यादवले भने । काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ । डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागि वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ ।
ठेकेदारले समयमै सही विवरणसहित हस्तान्तरण नगर्दा लिलामी प्रक्रियामा ढिलाइ भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताए ।
साल, खयर लगायत जातका काठ समयमै लिलामी नहुँदा कुहिन थालेपछि बिक्री मूल्य पनि घट्दै गएको छ । जिल्लामा अन्यत्र पनि लाखौँका काठ कुहिने अवस्थामा रहँदा सम्बन्धित निकायले खासै पहल गरेको भने देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल
-
बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी बिदेसिए
-
थियटर फेस्टिभलभित्र ‘इन्स्टलेसन आर्ट’
-
मध्यरातमा भारतबाट बिरामी लिएर भट्टेडाँडा आइपुगेको एम्बुलेन्समा ट्रामाडोल
-
काठमाडौँ महानगरको सूचनाः वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्नुहोस्