आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
आईपीएल

आईपीएल प्रिभ्यू :  जितको खाता खोल्न बाँकी दिल्लीको चेन्नईविरुद्ध खराब रेकर्ड

आइतबार, १८ चैत २०८०, ०७ : ५८
आइतबार, १८ चैत २०८०

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनमा आज डबल हेडर (एक दिनमा २ खेल) खेलाइँदैछ । दोस्रो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । 

खेल साँझ ७ः४५ बजेदेखि विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा हुनेछ । पहिलो खेलमा गुजरात टाइटन्सले २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादको सामना गर्नेछ ।

  • हेड टु हेडमा चेन्नईको दबदबा

आईपीएलमा चेन्नईविरुद्ध दिल्लीको रेकर्ड निकै खराब छ । यी दुईबिच हालसम्म २९ वटा खेल भइसकेका छन् । चेन्नईले १९ र दिल्लीले १० मा मात्रै जित हासिल गरेको छ । 

यसअघि दुई टोलीबिच विशाखापट्टनममा एक खेल भएको थियो । यो २०१९ को दोस्रो क्वालिफायर थियो, जसमा चेन्नई ६ विकेटले विजयी भएको थियो। गत सिजन दुवै टोली २ खेलमा आमनेसामने भएका थिए । दुवै पटक चेन्नईले जितेको थियो।

  • दिल्लीले आफ्नो पहिलो दुई घरेलु खेल विशाखापट्टनममा खेल्ने

दिल्ली क्यापिटल्सले यो सिजन आफ्नो पहिलो दुई घरेलु खेल विशाखापट्टनममा खेल्नेछ। दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियम हो । तर त्यहाँ मार्च १७ सम्म वुमन्स प्रिमियर लिग (डब्लुपीएल)का खेलहरू खेलाइएकाले आईपीएल खेलका लागि स्टेडियम तयार गर्न समय पुगेन। जसका कारण दिल्लीले पहिलो दुई खेलको लागि विशाखापट्टनमलाई होम ग्राउन्ड बनाउने निर्णय गरिएको थियो ।

david warner

  • दिल्लीका ब्याट्सम्यान असफल, वार्नरको सर्वाधिक रन

दिल्ली क्यापिटल्सको ब्याटिङ अर्डरमा अहिलेसम्म कुनै पनि ब्याट्सम्यानले ठुलो इनिङ्स खेल्न सकेका छैनन् । टोलीका कुनै पनि ब्याट्सम्यानले अहिलेसम्म अर्धशतक बनाउन सकेका छैनन् ।

दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा ७८ रन बनाएका छन् ।  बलिङमा कुलदीप यादव सबैभन्दा किफायती साबित भएका छन् । उनले २ खेलमा ३ विकेट लिएका छन् ।

chennai

  • शिवम र मुस्तफिजुर सफल

चेन्नईका सबै ब्याट्सम्यान फर्ममा देखिएका छन् । जसमा शिवम दुबेले सर्वाधिक रन बनाए । जसमा अर्धशतक पनि समावेश छ । उनले दुई खेलमा ८५ रन बनाएका छन् । 

बलिङमा मुस्तफिजुर रहमानले सर्वाधिक ६ विकेट लिएका छन् । मुस्ताफिजुरले डेब्यु खेलमा ४ विकेट लिएका थिए । उनले दोस्रो खेलमा २ सफलता हात पारे ।

  • पिच रिपोर्ट

विशाखापट्टनमको पिच ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ। यहाँको उच्चतम टिम स्कोर २०६ हो, जुन २०१६ मा दिल्लीविरुद्ध मुम्बईले बनाएको थियो।

विशाखापट्टनममा अहिलेसम्म १३ वटा आईपीएल खेल भइसकेका छन् । जसमा ६ इनिङ्समा पहिलो ब्याटिङ गरेको टोलीले सात इनिङ्समा दोस्रो ब्याटिङ गरेको टोलीले जित हात पारेको थियो ।

  • मौसम अवस्था

विशाखापट्टनममा खेलको दिन वर्षाको कुनै सम्भावना छैन। आइतबार यहाँको तापक्रम २७ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहनेछ। हावाको गति २२ किलोमिटर प्रतिघण्टा रहनेछ ।

  • दुवै टोलीको सम्भावित प्लेइङ-११

दिल्ली क्यापिटल्स: ऋषभ पन्त (विकेटकिपर-कप्तान), डेभिड वार्नर, मिचेल मार्स, रिकी भुई, ट्रिस्टन स्ट्रब्स, अक्षर पटेल, सुमित कुमार, कुलदीप यादव, खलील अहमद, एनरिक नोर्त्या र मुकेश कुमार।

इम्प्याक्ट प्लेयर : अभिषेक पोरेल।

चेन्नई सुपर किंग्स : रुतुराज गायकवाड (कप्तान), रचिन रवीन्द्र, अजिंक्य रहाणे, डेरल मिचेल/मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, समीर रिजवी, एमएस धोनी (विकेटकिपर), दीपक चाहर, मुस्ताफिजुर रहमान र तुषार देशपांडे।

इम्प्याक्ट प्लेयर : मथिश पाथिराना।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप