रियलमाथि बार्सिलोनाको दबाब कायमै
आइतबार, १८ चैत २०८०, ०७ : २७

क्याम्प नाउ । १० खेलाडीमा सीमित लास पालमासमाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बार्सिलोना १–० गोलले विजयी बन्दै दुरी ५ अङ्कमा झारेको हो ।
पहिलो हाफमा गोलकिपर अल्भारो भालेसलाई गुमाए पनि लास पालमासले लामो समय बार्सालाई रोक्न सफल भएको थियो । तर, ५९ औँ मिनेटमा राफिन्हाले जोआओ फेलिक्सको पासमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । लिगमा यो सिजन उनको यो पाँचौँ गोल थियो ।
जिपछि बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको रियलको ७२ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
शनिबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो भने ओसासुनाले अल्मेरियामाथि ३–० को जित हासिल गर्यो । भ्यालेन्सिया भने मायोर्कासँग गोलरहित बराबरी खेल्न बाध्य बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै