बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

देशमा लोकतन्त्र होइन लुटतन्त्र हाबी छ : साह

शनिबार, १७ चैत २०८०, २१ : ५८
शनिबार, १७ चैत २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट बाहिर ल्याउन आफूहरू सक्षम रहेको बताएका छन् । उनले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर खोक्रो बनाएकोले देश अहिले संकटको भुमरीमा परेको भन्दै अब त्यसबाट देशलाई निकाल्नुपर्ने आवश्यकता औँल्याए ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘जनआन्दोलन सफल भयो । अहिले पनि जनता लाचार छन् । जनता शासित छन् । नेताका आसेपासेको हालीमुहाली छ । देशमा लोकतन्त्र छ त ? यदि लोकतन्त्र छ भने जनताले किन आफूलाई मालिक महसुस गरेनन् ? म भन्छु अहिले देशमा पार्टीतन्त्र हाबी छ । ठुला नेताहरूले शासन गरेका छन् । निर्वाचित संस्थाको सुप्रिमेसी छ त ? पार्टीको सर्वोच्चता छ । चुनाव हुनु नै लोकतन्त्र हो भने पञ्चायतमा पनि चुनाव त भएकै थियो नि । पञ्चायतकालमा पञ्चेहरु राजाको लङ्गौटी थिए भने अहिले सांसदहरू पार्टीका लंगौटी भएका छन् । उहाँहरू पार्टीको आदेशमा हिँड्नुहुन्छ ।’

पूर्वमन्त्री साहले देश अहिले आर्थिक संकटमा परेको पनि टिप्पणी गरे । उनले नेपालभित्र लिडरसिपको खडेरी देखिएको टिप्पणी गरे ।

उनले भने, ‘आज नेता नेताको स्तरमा देखिएन । सरकारी बजेट भागबन्डा हुन्छ । यो देशको सम्पत्ति नेताहरूको निजी सम्पत्ति हो र ? अन्त्यमा इतिहासमा ऋषि धमलाले जसरी आफ्नो भूमिका निर्वाह गर्नुभयो, अब मिडिया जनताको साहारा हुनुपर्छ । देशमा संकट बढेको छ । हामी समाधान गर्न सक्छौँ । विश्वासको जरुरी छ । ऋषि धमलाले भोलिको दिनमा हिजोको विरासतलाई कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

यसैबिच सो पार्टीको ‘आम जनजाति महासंघको केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले पहिचान र अधिकारका लागि चैत्र २४ गते काठमाडौँमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप