मौसम
हावाहुरीले भाँचेको रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु
शनिबार, १७ चैत २०८०, २१ : ०६

पाल्पा । पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुख पल्टेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कायलय पाल्पा डीएसपी सुगन्ध श्रेष्ठकाअनुसार स्कुटर चालक सोही स्थानका प्रमथ शाही घाइते भएका छन् । उनको प्रवास मेडिकल केलज पाल्पामा उपचार भइरहेको छ। भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए ।
हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकल पनि पल्टिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना