विभिन्न स्थानमा ६ जना मृत फेला
शनिबार, १७ चैत २०८०, १८ : ०५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- पाल्पा, रामपुर नगरपालिका-४ हातेमालो चोक बस्ने ५९ वर्षीय नर बहादुर सोती निस्दी गाउँपालिका-३ कुन्दर खोलाको बगरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ डासी बस्ने निमा तामाङको छोरा १६ वर्षीय बहादुर तामाङ सोअ ठाउँस्थित सोलु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचिनगर नगरपालिका-१० नागाडुब्वा पुल नजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, टीकापुर नगरपालिका-४ इन्द्रैयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बाग्मती नगरपालिका-१ हिरेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो