राना थारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका राना थारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताएका छन् । नेपाल राना थारु युवा समाजले पहिलोपटक शनिबार काठमाडौँमा आयोजना गरेको होली मिलन तथा खखडेहरा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको आर्थिक समृद्धिका लागि आगामी बजेटमा विशेष व्यावसायिक कार्यक्रम ल्याउन आफूले पहल गर्ने बताए ।
कैलाली र कञ्चनपुरमा रगत पसिना बगाउँदै आएको तथा दुई जिल्लाको बस्ती विकास र सुदूरपश्चिमको पहिचानमा राना थारु समुदायको महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्दै मन्त्री भण्डारीले उद्योग मन्त्रालयबाट सो समुदायको आर्थिक उत्थान हुने कार्यक्रम बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
लिखित रूपमै उत्पादनमुखी कार्यक्रम ल्याउन राना थारु युवा समाजलाई आग्रह गर्दै उनले व्यावसायिक रूपमा पहिचान झल्काउने गरी नयाँ बजेटमार्फत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । विभिन्न पेशा तथा व्यवसायमा पहिचान बनाएका राना थारु समुदायको पहिचान सिंगो देशले देख्ने गरी काठमाडौँमा होली मिलन कार्यक्रम गरेकामा उनले प्रशंसा गरे ।
कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, पूर्वमन्त्री नारदमुनी राना, संविधानसभा सदस्य कृपाराम राना लगायतले कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको राना थारु समुदायको उत्थानका विषय औँल्याएका थिए । होली मिलन कार्यक्रममा कैलाली र कञ्चनपुरबाट कलाकार टोली यहाँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा सुन्तला महोत्सव हुँदै
-
६ महिनाभित्रै ग्रामथानमा सरकार छ भन्ने अनुभूति दिलाउँछु : माझी
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
‘बम बहादुर’मा रहस्यमय सौगात
-
'माटोको सुधार : परीक्षण, रेखदेख र उपचार' भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदै
-
एनपीएलमा आज पोखरा र जनकपुर तथा काठमाडौँ र सुदूरपश्चिमबिच प्रतिस्पर्धा