राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा गर्दैन : मन्त्री साह
![राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा गर्दैन : मन्त्री साह](https://npcdn.ratopati.com/media/news/jwala-kumari-shah_E1vOuhvmvF.jpg)
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री साहले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा,मर्यादित एवम् सम्मानित कृषि उद्यमशिलताको प्रत्याभूति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । उनले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरुको समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।
कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको उनल बताइन् । मन्त्री साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताइन् ।
मन्त्री साहले कृषिलाई प्राथमिकता दिने, उत्पादन बढाउने, खपत बढाउनुपर्ने विषयमा आफू पूर्ण सहमत रहेको बताइन् । उनले आर्थिक विकासको लागि स्वदेशी उत्पादन एवं उपभोग बढाउन आवश्यक जोड दिने पनि बताइन् । आजबाट शुरु भएको सम्मेलन १८ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ४० वटा स्टल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वस्थानी कथामा पढेको ठाउँ शालीनदी घुम्दा
-
समस्याग्रस्त सहकारीको सम्पत्ति र दायित्व एकीन गर्न परामर्शदाता खोज्दै समिति
-
धर्मका लागि अधर्म पनि गर्न तयार छु: विजय कृष्णमूर्ति
-
प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन
-
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञान केन्द्र
-
केबलकारको नाममा किन भयो अशान्ति ?