म इलामको अकबरे, अदुवा र अर्थोडक्स चियाको उम्मेदवार हुँ : मिलन लिम्बु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए ।
लिम्बुले आफू इलामको अकबरे, अदुवा र अर्ग्यानिक अर्थोडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको माटोको टिका लगाएर संसद् भवन छिरेर इलामेली जनताको नयाँ सम्भावनाको ढोका खोलेर इलामलाई स्वर्गभन्दा सुन्दर बनाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’
उनले आफूले पहिचानको मुद्दा उठाउने गरेको प्रति त्यसलाई पार्टीले सम्मान गरेर जाने दाबी गरे । पहिचानलाई निश्चित जाती, क्षेत्रलाई मात्र नलिई सबैको पहिचानलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।
उनले समाजलाई जातको आधारमा, क्षेत्रका आधारमा विभाजन गर्न नहुने बताउँदै सदियौँदेखि मिलेर बसेको समुदायलाई स्वीकार गरेर जानुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु
-
पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु
-
बबरमहलमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु, दुई घाइते
-
लजमा जुवातास खेलिरहेका १३ जना पक्राउ
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?