अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन् । शनिबार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले हाल नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण अवस्थामा रहेको जिकिर गरे । अग्रवालले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा रहेको बताए । उनले कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेको भन्दै ठूला उद्योगहरुमा समेत यसको असर परिरहेको जिकिर गरे । अग्रवालले विकास निर्माणका गतिविधिहरु बढाइनुपर्ने आवश्यकता रहेको बताए । उनले पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पनि आवश्यक रहेको बताए ।
आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाई थियो । उनले लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानी कर्तालाई नयाँ सन्देश दिने महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानून सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्ने बताए ।
‘हाल नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा छ । समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा छन् । कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका छन् । कतिपय बन्द गर्नुपर्ने अवस्थामा आएका छन् । यसको असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरु प्रभावित भइरहेका छन्’ उनले भने, ‘ठूला उद्योगहरुमा समेत यसको असर परिरहेको छ । हालको समस्या समाधानको लागि संघीय सरकार, नेपाल राष्ट्र बैंक लगायत नियामक निकाय एवं सरोकारवालाहरुसँगै विकास साझेदारहरुसँग बारम्बार घच्घच्याउने काम हामीले गर्दै आएका छौँ । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी, व्यवसायीहरुले भन्दै आइरहेको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्छ ।’
अध्यक्ष अग्रवालले सरकार राजश्वमुखी हुँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको बताए । उनले सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भनेपनि व्यवहारमा लागू गर्न नसकेको बताए । कृषिमा परनिर्भरता हटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक रहेको बताए । अग्रवालले आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई