मेक्सिकोको दक्षिणी तटमा आठ आप्रवासी मृत फेला

ओक्साका । दक्षिणी मेक्सिकोको ओक्साका राज्यको समुद्र तटमा शुक्रबार डुङ्गा दुर्घटनाको सिकार भएका आठ जना सन्दिग्ध आप्रवासीको शव फेला परेको अभियोजक कार्यालयले जनाएको छ ।
पीडितहरू ओक्साकाको तटमा डुङ्गामा यात्रा गर्दा दुर्घटनामा परेको अभियोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दुर्घटनामा एक व्यक्ति बाँच्न सफल भएका बताइएको छ ।
प्रारम्भिक जानकारीअनुसार फेला परेका व्यक्तिहरू आप्रवासनको लागि अमेरिकातर्फ जान लागेको हुनसक्ने देखिएको छ । दुर्घटनाका पीडितहरू एसियाली मूलका भएको विश्वास गरिएको छ ।
सान फ्रान्सिस्को डेल मारको प्लाया भिसेन्टे किनारमा शवहरू फेला परेको र उक्त मार्ग संयुक्त राज्य अमेरिका पुग्न खोज्ने मानिसहरूले बारम्बार प्रयोग गर्ने मार्ग हो ।
हजारौं कागजातविहीन आप्रवासीहरू–प्रायः आफ्नो देशमा हिंसा, अशान्ति र गरिबीबाट भागेर–प्रत्येक वर्ष मेक्सिको हुँदै अमेरिकी सीमामा पुग्ने प्रयास गर्छन् ।
आधिकारिक तथ्याङ्क अनुसार गत वर्ष मेक्सिको पार गर्दा पक्राउ परेका अधिकांश आप्रवासीहरू चीन, भारत र उज्बेकिस्तानलगायतका देशबाट आएका प्ष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’