गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने
शनिबार, १७ चैत २०८०, १३ : ४८

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राख्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको कांग्रेसले आफ्नो मागलाई यथावत् राखेको छ । शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा कांग्रेसले आफ्नो सो अडान कायम रहेको सुनाएको हो ।
यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । उनले भनिन्–‘यसबारेमा कांग्रेसले कुन पोजिसन लिने, सदनको काम कसरी अगाडि बढाउने, संसदीय छानबिन समितिको विषयमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ ।’
भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि बिहान सवा १० बजे सभा सञ्चालनबारे दलका प्रमुख सचेतक लगायत रहेको कार्यव्यवस्था समिति बैठक बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरि बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा