काठमाडौँ । काठमाडौँ महानगरपालिकायुक्त सतहत्तर सम्मान समारोहमा ३२ वटै वडाका ७७ वर्ष उमेर पुगेका ४–४ जना ज्येष्ठ नागरिकहरूका साथै १२ वडाका सबै २१४ जना ज्येष्ठ नागरिकहरूलाई नेवारी परम्परा सम्मानित गरिएको छ ।
ब्रह्म स्पोर्टस् क्लबको आयोजनामा कामपा १२ बडासँगको सहकार्यमा काठमाडौँ महानगरपालिकायुक्त सतहत्तर सम्मान समारोह कार्यक्रम गरिएको हो । यस अगाडी पनि ब्रह्म स्पोर्टस् क्लबको आयोजनामा २०५६ साल र २०७१ सालमा गरी २ पटक १२ वडाका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्य गरिसकेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कामपा १२ वडाका वडा अध्यक्ष बालकृष्ण महर्जनले सम्मान पत्रबाट सम्मानित गरेका थिए भने क्लबका अध्यक्ष सगुन मान श्रेष्ठले दोसल्ला ओढाई ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए। ब्रह्म स्पोर्टस् क्लबका संस्थापक सदस्य ज्येष्ठ नागरिक सानुकाजी बज्राचार्यलाई सम्मान गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
प्रतिक्रिया