अपडेट : ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला
शनिबार, १७ चैत २०८०, ०८ : ४१
![अपडेट : ट्याक्सीसहित त्रिशूलीमा खसेका पाँच जनाको शव फेला](https://npcdn.ratopati.com/media/news/accident-logo-2_MRRZvsA7Hf.jpg)
काठमाडाैँ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसहित त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।
ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो । मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् ।
मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदमै रहेको अवस्थामा विभिन्न अदालतले फरक मुद्दामा सुनाएको सजाय कसरी समायोजन हुन्छ ? (सर्वोच्चको फैसलासहित)
-
सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार
-
सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबिच समझदारी
-
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त
-
बेलबारी प्रमुखको बदमासी ढाकछोप गर्न प्रशासन प्रमुखमाथि कारबाहीको डन्डा
-
राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण