पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल

काठमाडौँ । राष्ट्रिय महिला आयोगले पत्रकार महिलाको अवसर, चुनौतीको विषयमा छलफल गरेको छ । आयोगले शुक्रबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलासँग अवसर र चुनौतीको विषयमा छलफल गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल महिलाको विषयमा संवेदनशील नदेखिएको, सञ्चार गृहमा हुने लैगिङ्क विभेद, पारिश्रमिकमा विभेद लगायतका विषयमा आयोगले छलफल गरेको थियो ।
निजी तथा सरकारी सञ्चार माध्यमले महिलालाई ३ महिना सुत्केरी बिदा अनिवार्य दिन आयोगलाई पहल गर्न पत्रकारले सुझाएका छन् । यस्तै, सुत्केरी बिदापछि जागिरको सुनिश्चितता हुनुपर्ने गरी नीतिगतरुपमा जानुपर्ने विषय उनीहरुले उठाएका छन् ।
अन्तरक्रियामा उठाएका विषयवस्तुलाई आफूले सकेसम्म सम्बन्धित निकायलाई पहल गर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । ‘पत्रकार साथीहरूले उठाउनु भएको विषयवस्तुलाई हाम्रो कार्यक्षेत्र भित्रपर्ने विषयलाई सम्बन्धित निकायलाई पहल गर्ने छौँ,’ उनले भनिन् ।
महिलाको पक्षमा आयोगले विभिन्न कार्यहरू गर्दै आएको छ । पत्रकार महिलाको लागि नीतिगतरुपमा लैजाने विषयवस्तुलाई सम्बोधन गर्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको आयोगकी सचिव पार्वती अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनले ट्रम्पलाई उपहारमा पठाएका थिए यो तस्बिर
-
एनआरएनएको एकता महाधिवेशन सार्न परराष्ट्रले गरेको पत्राचार गैरकानुनीः अधिवक्ता घिमिरे
-
आईएमएफले घटायो भारतको वृद्धि प्रक्षेपण
-
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
-
तीव्र बन्यो युक्रेनमा युद्धविरामको प्रयास, लन्डनमा भेट्दैछन् युरोपेली नेताहरू
-
माओवादीले बोलायो संसदीय दलको बैठक