स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
शुक्रबार, १६ चैत २०८०, १७ : २८

काठमाडौँ । सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढ्वा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले नेपाल स्वास्थ्य सेवा अन्तर्गत विभिन्न समूह, उपसमूहका ११ जना अधिकृतहरुलाई सम्बन्धित समूह, उपसमूहका ११ औं तहमा बढुवा गर्ने निर्णय भएको जानकारी दिइन् ।
बैठकले तथ्यांक नियमावली, २०८० लाई पनि स्वीकृत गरेको छ ।