एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
![एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन](https://rpcdn.ratopati.com/media/albums/kiran_eyWLd9l2GV.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईविरुद्ध युवा तथा खेलकुद मन्त्रालयमा उजुरी परेको छ । एन्फा महासचिवविरुद्ध छानबिन र कारबाहीको मागसहित गोरखा जिल्ला फुटबल सङ्घका सदस्य अमित खत्रीले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई शुक्रबार निवेदन बुझाएका हुन् ।
सङ्घका महासचिव राईले केटीएम सिटीबाट एन्फालाई आवश्यक पर्ने खेल सामाग्री खरिद गर्दा व्यक्तिगत रूपमा अनुचित लाभ लिएको आरोप लगाइएको छ । राईले केटीएम सिटीबाट २५ लाख रुपैयाँ नगद र २७ लाख रुपैयाँ बराबरको खेल सामाग्री लिएको आरोप खत्रीले लगाएका छन् ।
केटीएम सिटीबाट अनुचित रकम र खेल सामाग्री लिँदा एन्फा महासचिवले एन्फाका अध्यक्षलाई समेत त्यसबाट हिस्सा बुझाउनु पर्ने बताएको दाबी पनि खत्रीले आफ्नो निवेदनमा गरेका छन् । खेलकुद मन्त्रीलाई उजुरी पत्रसँगै त्यसलाई पुष्टि गर्ने प्रमाणहरू पनि आफूले पेस गरेको खत्रीले उल्लेख गरेका छन् ।
‘एन्फामा हाल मौलाउँदै गएको बेथिति र अनियमितताले पराकाष्ठा नाघेको छ । एन्फा काण्डै काण्डमा मुछिएको छ । नीति-नियम र विधि-विधानलाई समेत लत्त्याइएको छ । सङ्घका पदाधिकारीहरू भ्रष्टाचारमा लिप्त छन् । समग्रमा एन्फाको वर्तमान पूर्णतया असफल भइसकेको छ । त्यसैले मन्त्री ज्यूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ निवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि, अध्यादेश र जातीय विभेदको गोलचक्करमा संसद्
-
यस्तो छ बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)
-
हेटौंडाको फोहोर संकलन बन्द
-
बजेटको आकार १ खर्ब ६८ अर्बले घट्यो
-
म कुलमानविरुद्ध हैन, अन्यायविरुद्ध अदालत गएको थिएँ : हितेन्द्रदेव शाक्य
-
धरौटीमा छुटेपछि रविले भने– यो परिवर्तन जन्मिने बेलाको पीडा हो, परिवर्तन जन्मिएरै छोड्छौँ