इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)
![इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/cover-pradrasan_U3Yc9fhmQ3.jpg)
काठमाडौँ । इजरायल सरकारले प्यालेस्टाइनमा गरेको मानवसंहार, मानवता विरुद्धको अपराध र युद्धको समय त्यहाँ कार्यरत स्वास्थ्यकर्मी माथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्। शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै उनीहरुले इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
‘हामी नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट इजरायल सरकारले प्यालेस्टाइनका नागरिक माथि देखाएको कुर बर्बरताको घोर भर्त्सना गर्दछौँ’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको छ र हजारौँ घाइते भएका छन्। इजरायलको युद्धको परिणाम स्वरूप, गत पाँच महिनामा ३१,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजन्म सुधार केन्द्र मृत्यु प्रकरण : मुर्गा नबन्दा सामूहिक कुटपिटले मण्डलको मृत्यु
-
पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो
-
कुम्भ मेलास्थलमा भिषण आगलागी
-
यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ : ज्ञवाली
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री