एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुमतिपत्र रद्द गरिएको जानकारी दिएको छ । आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ– 'अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ । '
आवश्यक परेमा त्यस्ता व्यक्तिहरूबाट पर्यवेक्षण मात्र गर्न लगाउन सकिने बोर्डले जनाएको छ । साथै परीक्षा केन्द्रलाई व्यवस्थित, भएरहित र शान्तिपूर्ण बनाई सहज रूपमा विद्यार्थीले परीक्षा दिन पाउने वातावरण सिर्जना गरी सहयोग गर्न अन्य सम्बन्धित सबै सरोकारवालाहरूसँग समेत बोर्डले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट बंगलादेशका प्रभावशाली अलराउन्डरको सन्न्यास
-
‘महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’
-
होलीमा रङ खेल्न कहिलेदेखि थालियो ?