यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
शुक्रबार, १६ चैत २०८०, १२ : १८
काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन् ।
सदस्य मनोनीत हुनेमा नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे, सलाम सिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङ रहेका छन् ।
सभापति देउवाले गत भदौ १६ मा पाख्रिनलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए । उक्त विभागमा ७ महिनापछि १० जना सदस्य मनोनीत भएका छन् । कांग्रेसको विधानमा विभाग ५१ सदस्यीय रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियङ्का गान्धीसामु आफूलाई साबित गर्ने चुनौती
-
राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो, सेवा ठप्प
-
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
-
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
-
कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव