स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो ।
टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराएको छ । सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो । सभामुख घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल छन् ।
सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन रोकेर स्वीट्जरल्याण्ड उडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन