परीक्षा
सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो
शुक्रबार, १६ चैत २०८०, ०९ : ०८

सिराहा । एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै गोलबजार नगरपालिका अन्तर्गतको चोहर्वा परीक्षा केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो ।
चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्नपत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ ।
परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् । उनीहरूको हात हातमा आजको नेपाली विषयको प्रश्न पत्र पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
-
वसन्तपुरमा विदेशी पर्यटकको होली, तस्बिरमा हेर्नुहोस्
-
१० देशबाट भित्रियो ४० करोड बराबरको रङ
-
फागु पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक : प्रदेश प्रमुख देवकोटा
-
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
-
फिल्मबाट किन हराउन थाल्यो होली गीत ?