विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
काठमाडौँ । आगामी वैशाख १५ मा हुने बझाङ प्रदेश सभा–१ को उपनिर्वाचनमा मुख्य भिडन्त प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच हुने देखिन्छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धी हु न् । २०५६ को आम निर्वाचनसम्म कांग्रेसको दबदबा रहेको बझाङमा त्यसपछि एमालेले प्रभाव विस्तार गरेको देखिन्छ ।
२०७९ मा प्रत्यक्षतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको तत्कालीन गठबन्धनसँग हार बेहोरेको एमालेले समानुपातिकका प्र तिनिधि सभा र प्रदेश सभातर्फ पहिलो मत पाएको छ । यद्यपि प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीले जित्दा प्रदेश सभा–१ मा कांग्रेस २ मा माओवादी केन्द्र विजयी भयो ।
गत असार ५ मा सवारी दुर्घटनामा परी प्रदेश सभा–१ बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भयो । सिंहको निधनपछि रिक्त बझाङ प्रदेश सभा–१ मा आगामी वैशाखमा हुन लागेको उपनिर्वाचनमा कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक्लाएक्लै मैदानमा उत्रिने तयारीमा छन् ।
२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । राप्रपा नेपालका उम्मेदवारले ४२६ र राप्रपाका उम्मे दवारले ४०६ मत प्राप्त गरेका थिए ।
अहिले एमालेबाट जिल्ला अध्यक्ष दमनबहादुर भण्डारी र एकीकृत समाजवादीबाट दिलबहादुर सिंह टिकट लिएर बझाङ गइसकेका छन् । कांग्रेसले चैत २० मा उम्मेदवार टुङ्गो लगाउने छ भने माओवादीले उम्मेदवारी दिने निर्णयगरे पनि उम्मेदवार चयन गरेको छैन । यद्यपि सत्ता साझेदार एमाले, माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार खडा गर्ने सम्भावना कायमै छ ।
एकीकृत समाजवादीले उपनिर्वाचनमा बझाङलाई बटमलाइन बनाएको छ ।
बझाङको प्रदेश सभामा दिलबहादुर सिंहलाई समर्थन गरे वैशाख १५ मै हुने इलाम–२ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने एकीकृत समाजवादीको शर्त छ । उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत स माजवादीका अध्यक्ष माधव नेपालबिच चैत १२ मा छलफल भएको थियो ।
उक्त छलफलमा अध्यक्ष नेपालले बझाङ एकीकृत समाजवादीले पाउनुपर्ने अडान राखेका थिए । एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेदवार ‘ब्याक’ नहुने जवाफ दिएपछि एकीकृत समाजवादीले उम्मेदवार नै खडा गरिसकेको छ ।
एमाले–कांग्रेस स्थायी प्रतिद्वन्द्वी
बझाङमा कांग्रेस र एमाले स्थायी प्रतिद्वन्द्वी हुन् । २०१५ को आम निर्वाचनमा बझाङको निर्वाचन क्षेत्रबाट कांग्रेस विजयी भएको थियो । २०४८ को आम निर्वाचनमा पनि बझाङका तत्कालीन २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस विजयी भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा बझाङ–१ मा एमालेका भानुभक्त जोशी र २ मा स्वतन्त्र उम्मेदवार नरेशबहादुर सिंह निर्वाचित भएका थिए । सिंह अहिले कांग्रेसमा छन् ।
२०५६ को आम निर्वाचनमा बझाङका २ क्षेत्रमा कांग्रेसले पुनरागमन गरेको थियो । २०६४ मा बझाङ– १ मा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको थियो ।
प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम् प्रतिस्पर्धीमा कांग्रेस छ। बझाङ प्रदेश सभा–१ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत उस्ताउस्तै छ ।
२०७० को निर्वाचनमा बझाङका २ वटै क्षेत्रमा एमाले निर्वाचित भएको थियो । २०७२ मा संविधान निर्माण भएपछि राज्य पुनर्संरचना हुँदा बझाङमा एउटामात्र निर्वाचन क्षेत्र तोकियो । मुलक सङ्घीय संरचनामा जाँदा बझाङमा २ वटा प्रदेश सभा तोकिए । त्यसपछि ७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा एमाले निर्वाचित भयो भने प्रदेश सभा–१ मा एमाले र २ मा माओवादी केन्द्रले बाजी मारेका थिए ।
एमाले–माओवादीको तत्कालीन वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उभिएका कांग्रेसले बझाङका प्रतिनिधि र प्रदेशसभा गरी ३ वटै सिटमा हार बेहो¥यो । २०७९ मा आउँदा एमालेले कांग्रेस, मााओवादीका साथै आफूबाट छुट्टिएको एकीकृत समाजवादी सम्मिलित गठबन्धनको सामना गर्नुप¥यो ।
चार दलको कस्तो छ जनमत ?
प्रदेशसभा र स्थानीय तहको विगतको मत परिणाम हेर्दा एमाले बलियो देखिन्छ । उसको निकटतम् प्रतिस्पर्धीमा कांग्रेस छ। बझाङ प्रदेश सभा–१ मा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत उस्ताउस्तै छ ।
गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा बझाङ प्रदेश सभा–१ मा समानुपतिकतर्फ एमालेले १३ हजार, कांग्रेसले १० हजार, माओवादीको ३५ सय, एकीकृत समाजवादीको ४ हजारको हारहारीमा मत पाएका ती दलहरूको दाबी छ । निर्वाचन आयोगले बझाङ प्रदेश सभा १ र २ को समानुपातिक मतपरिणाम छुट्टाछुट्टै सार्वजनिक गरेको छैन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा करिब २५ सय नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमा पालिकातर्फ कांग्रेस र वडातर्फ एमालेको बर्चश्व छ । बझाङ प्रदेश सभा–१ मा साईपाल, सुर्मा, तलकोट, छविसपाथिभेरा, मष्टा, खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र थलरा गाउँपालिकाको ९ नम्बर वडा पर्छन् ।
कांग्रेसले जयपृथ्वी, सुर्मा, मष्टा र खप्तडछान्ना जितेको छ भने साईपाल र तलकोट एमालेले जितेको छ । माओवादी केन्द्रले छविसपाथिभेरामा अध्यक्ष जितेको छ । ५० वडा रहेको प्रदेशसभा–२ मा एमालेले १८, कांग्रेसले १५, एकीकृत समाजवादी ७ माओवादीले ६ र स्वतन्त्र उम्मेदवारले ४ ठाउँमा जितेका छन् ।
साईपाल गाउँपालिका अध्यक्ष एमालेले जितेको छ । एमालेका मानविर बोहोरा ६६७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उजले बोहोराले ६१३ मत पाएका छन् ।
५ वडा रहेको साईपालमा एमालेले ३ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । स्थानीय निर्वाचनको परिणाम हेर्दा साइपालमा कांग्रेसभन्दा एमाले ५४ मतले अगाडि छ ।
सुर्मा गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । कांग्रेसका खड्कबहादुर बोहोराले २३ सय मत ल्याउँदा एमालेका उम्मेदवारले १८ सय १६ मत पाएका छन् । यहाँ ५ वडामध्ये ३ मा कांग्रेस र २ मा एमाले निर्वाचित भएको छ । सुर्मामा कांग्रेसभन्दा एमालेले ४ सय ८४ मतले पछाडि देखिन्छ ।
तालकोट गाउँपालिमा एमालेको बर्चश्व देखिन्छ । गत स्थानीय तह निर्वाचनमा कलकबहादुर रोकाया २७ सय ५९ मत ल्याएर निर्वाचित भएका छन् ।
यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबिच तालमेल हुँदा पनि एमाले ५३० मतले अगाडि छ । तालकोटका ७ वडा मध्ये ६ मा एमाले र १ मा कांग्रेस निर्वाचित भएको छ ।
जयपृथ्वी नगरपालिकाको मेयरमा कांग्रेसका चेतराज खनाल निर्वाचित भएका थिए । तत्कालीन कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गरी खनालले ४ हजार ९७० मत पाउँदा एमालेका सुरतबहादुर सिंहले ३ हजार ४९९ मत प्राप्त गरेका थिए ।
बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको मत राम्रो छ । ११ वडामध्ये माओवादी र एकीकृत समाजवादीले २–२ वडाध्यक्ष जितेका छन् । एमालेले तीन, कंग्रेस र स्वतन्त्र उम्मेदवारले २–२ वडाध्यक्ष जितेका छन् ।
छविसपाथिभेरा गाउँपालिकामा पनि स्थानीय तहमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । त्यहाँ माओवादी केन्द्रका लछिमन बोहराले ३३ सय ४५ मत ल्याउँदा एमालेकी देवकीकुमारी बुढाले एक हजार ८९२ मत पाएकी थिइन् । ७ वडा रहेको उक्त पालिकामा कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले २–२ वडाध्यक्ष जित्दा माओवादीले १ वडाध्यक्ष जितेको छ ।
मष्टा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ज्ञानबहादुर बोहरा निर्वाचित भएका छन् । तत्कालीन कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनविरुद्ध एमालेले २३ सय ३६ मत पाएको थियो ।
स्थानीय तह र प्रदेश सभा समानुपातिक तर्फको मत हेर्दा बझाङ प्रदेश सभा–१ को जनमतमा एमाले अगाडि छ । एकीकृत समाजवादीले एमाले बझाङको नेतृत्व सम्हालिसकेका दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंहले केही मत एमालेबाट चोर्न सक्ने देखिन्छ ।
त्यहाँका ७ वडामध्ये कांग्रेसले ३, माओवादीले २ वडाध्यक्ष जित्दा एकीकृत समाजवादी र एमालेले १–१ वडाध्यक्ष जितेका छन् ।
यस्तै खप्तडछान्ना गाउँपालिका अध्यक्षमा कांग्रेसका उत्तमबहादुर रोकायाले ३ हजार २४१ मत पाउँदा एमालेका लोकेन्द्रबहादुर सिंहले २ हजार ७२८ मत ल्याएका थिए । तत्कालीन गठबन्धनसँग एमाले ५ सय १३ मतले पछाडि परेका थिए । यहाँका सात वडामध्ये एमालेले ३, कांग्रेसले २ मा जित्दा माओवादी र एकीकृत समाजवादीले १–१ वडाध्यक्ष जितेका थिए ।
प्रदेश सभा–१ मा पर्ने थलरा गाउँपालिकाको ९ नम्बर एकीकृत समाजवादीले जितेको छ । एकीकृत समाजवादीका लोकेन्द्र बहादुर विष्टले ४८७ मत पाउँदा एमालेका हिराप्रकाश भण्डारीले ४३८ मत पाएका थिए ।
स्थानीय तह र प्रदेश सभा समानुपातिक तर्फको मत हेर्दा बझाङ प्रदेश सभा–१ को जनमतमा एमाले अगाडि छ । एकीकृत समाजवादीले एमाले बझाङको नेतृत्व सम्हालिसकेका दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । सिंहले केही मत एमालेबाट चोर्न सक्ने देखिन्छ । माओवादी केन्द्रले पनि उम्मेदवार खडा गरेको अवस्थामा एमालेसँग प्रतिस्पर्धामा कांग्रेसलाई सहज हुने दे खिन्छ। चारै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिए एमाले र कांग्रेसबिचको भिडन्त रोचक हुने बझाङको विगतको गणितले देखाउँछ ।