नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस
![नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस](https://npcdn.ratopati.com/media/news/khadar_QDtuaAZ6lO.png)
काठमाडौँ । नेपालमा कोदोबारे बहस हुने भएको छ । नेपालमा कोदोबारे पहिलोपटक अन्तर्राष्ट्रिय बहस हुन लागेको दाबी गरिएको कार्यक्रमका लागि भारतका प्रख्यात वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक डा.खदर वली नेपाल आएका छन् ।
डा. खदर वलीलाई ‘द मिलेट म्यान अफ इन्डिया’को रूपमा समेत चिनिन्छ । राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालको आयोजनामा हुने कार्यक्रमले कोदोजन्य बालीको महत्त्व र स्वास्थ्य चेतना बढाउने अपेक्षा लिइएको छ ।
डा.वलीको यो भ्रमणले नेपालमा कोदो खेतीका फाइदा, स्वास्थ्यप्रति यसको महत्त्व र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने पनि आयोजकको भनाइ छ । उनको अनुभव र ज्ञानले नेपाली कृषक समुदाय र स्वास्थ्य चेतना बढाउन चाहने सबैलाई अमूल्य ज्ञान प्रदान गर्ने आयोजकको भनाइ छ ।
कोदोजन्य बाली रक्त अल्पता लगायत कुपोषण घटाउन उपयोगी मानिन्छ। जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने कोदोलाई राष्ट्रिय महत्त्वको बालीका रूपमा स्थापित गराउन कोदो बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्ने क्रममा संवाद कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस्, रैथाने एग्री प्रोडक्टस, नेपाल, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, द मूल मन्त्र, दिल्लीको सहकार्यमा आयोजनामा हुने अन्तरक्रिया चैत्र १६ गते शुक्रवार अनुपम बेंक्वेट, बत्तिस पुतलीमा दिउँसो १ देखि बजेसम्म छलफल हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?